site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा विपक्षीभन्दा आफ्नै नेताको आलोचना र विरोध गर्ने क्रम बढ्यो : प्रवक्ता महत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा विपक्षीको भन्दा पनि आफ्नै आलोचना र विरोध गर्ने क्रम बढेको बताएका छन् । शुक्रबार चितवनमा भएको कार्यक्रममा बोल्दै उनले व्यक्तिगत स्वतन्त्रताको कारण अनावश्यक विषयमा पनि अभिव्यक्ति दिने क्रम बढेको बताए ।

“अरुकोभन्दा हामी आफैभित्रको आलोचना बढी गर्छौँ, यो कांग्रेसभित्रको समस्या हो । हामी विपक्षीबारे खासै बोल्दैनौँ, आफ्नै साथीभाइ र पार्टीका बारेमा ज्यादा बोल्छौँ,” प्रवक्ता महतले भने, “हामी ठूलो संख्यामा छौँ, व्यक्तिगत स्वतन्त्रमा विश्वास गर्छौँ । जसले गर्दा सबै कुरा अभिव्यक्त गर्नुपर्ने ठाउँमा पनि हुन्छ, नगर्नुपर्ने ठाउँमा पनि हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अर्थमन्त्री समेत रहेका प्रवक्ता महतले कांग्रेस ठूलो पार्टी र विस्तारित परिवार भएको बताए । विस्तारित परिवारमा समस्या आउने, प्रश्न उठ्ने, एकअर्काप्रति असन्तुष्टि उत्पन्न हुने विषय नौलो नभएको उनको भनाइ थियो ।

“अहिले हामी संघर्षको राजनीतिमा छैनौँ, सत्ता राजनीतिमा छौँ । संघर्ष राजनीतिमा एउटै लक्ष्य दिने मात्र हुन्छ, सत्ताको राजनीतिमा दिन र लिने दुवै हुन्छ । मैले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने राजनीतिमा आज हामी छौँ । संख्या ठूलो भएपछि सबैले जिम्मेवारी पाउँदैनन्,” महतले थपे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement