site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माडीमा जंगली हात्तीको आतंक
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

चितवन । चितवनको माडी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका हुन् । निकुञ्जबाट निस्किएका दुई हात्तीले स्थानीयलाई दुःख दिएका छन् ।

विगत तीन दिनदेखि हात्तीको आतंकले स्थानीय रातभरि जाग्राम बस्नुपरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए । दुई ट्याक्टर, एउटा जीपलगायत साधनको सहायताले हात्ती लखेट्ने काम भइरहेको उनले जानकारी दिए ।

सापकोटाले भने, “विगत एक सातादेखि माडी क्षेत्रमा जंगली हात्तीको आतंक छ । यसलाई नियन्त्रणमा लिन सकिएको छैन ।”

असोज १४ गते हात्तीले एकजनालाई आक्रमण गरेको र उनको उपचार भइरहेको उनले बताए ।

धान पसाउने समयमा हात्तीको आतंकले माडीवासी त्रसित छन् । हात्ती नियन्त्रणका लागि निकुञ्जले नेपाली सेनाका अधिकृतको नेतृत्वमा टोली नै खटाएको छ । टोली पठाए पनि स्थान परिवर्तन गर्दै निस्कने गर्दा हात्तीले धानबालीमा क्षति पुर्‍याएको सापकोटाले बताए ।

अयोध्यापुरी र गर्दीमा हात्तीको आतंक बढी छ । निकुञ्जनजिक जोडिएको क्षेत्रमा जंगली हात्तीले दुःख दिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार माडी क्षेत्रमा जंगली हात्तीले स्थानीयलाई समस्या बनाएको हो । उनले भने, “सम्साँझै हात्ती बस्तीमा पस्ने गरेको छ । यसले स्थानीय त्रसित बनेका छन् ।”

निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका उपभोक्ता र स्थानीयले हात्ती धपाउने काम गरिरहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro