site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
असोज १९ देखि २१ गतेसम्म हुन्डाईको 'फेस्टिभ कार्निभल' हुँदै

काठमाडाै‌‌ । दसैँ, दीपावली र छठ चाडपर्वलक्षित हुन्डाई फेस्टिभ डिलाइटअन्तर्गत हुन्डाई नेपालले 'हुन्डाई  फेस्टिभ कार्निभल' आयोजना गर्ने भएकाे छ ।

कम्पनीले आउँदो शुक्रबार असोज १९ गते देखि २१ गतेसम्म देशभरका आफ्ना सबै सोरुमबाट हुन्डाई  फेस्टिभ कार्निभल सञ्चालन गर्ने बताएकाे हाे ।

हुन्डाई फेस्टिभ कार्निभलमा आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने कम्पनीले जनाएकाे छ ।

कार्निभलमा हुन्डाईको सबै सोरुममा लाइभ फुड, लाइभ सांगीतिक प्रस्तुति, किड्स प्ले जाेन, गाडीसम्बन्धी आवश्यक विभिन्न टिप्स तथा ट्रिक्स र निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा,  ईभी गाडीसम्बन्धी विशेष जानकारी तथा अन्तर्क्रिया कार्यक्रम रहने कम्पनीले जनाएकाे छ ।

कार्निभलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भई विजेताले विश्व प्रसिद्ध ब्रान्ड बाेस्च तथा ह्विरपुलका वासिङ मसिन, माइक्रोवेभ ओभन, मिक्सर ग्राइन्डरहरु पाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro