site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहिदको सम्मानका लागि बिदा दिने कुरा गलत हो : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सहिदको सम्मानका लागि बिदा दिने कुरा ठिक नभएको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरूको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरूप्रतिको सम्मान हुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपालको गरिबी अन्त्य गर्ने, जनयुद्धमा सहादत प्राप्त गरेका सहिदको सम्मान हुने, उत्पीडित जनताले सुख पाउने गरी देश समृद्ध हुने नीति ल्याएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालको काम सही रहेको ठहर हुने बताए । सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर सहिदलाई सम्झने कुरा गलत भएको बताए ।

नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको दिनमा दिएको बिदाको विरोध गर्ने कुरामा कुनै तुक नरहेको जिकिर गरे ।
    

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्