site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्याडमिन्टन र महिला भलिबलमा नेपाल पराजित, एथलेटिक्समा पार्कीले सुधारे व्यक्तिगत समय

काठमाडौं । चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रशिला महर्जन बुधबार प्रिक्वार्टरफाइनलमा रोकिएकी छन् ।

बिन्जियाङ जिम्न्याजियममा चीनकी विन्जियो हेले नेपालकी रशिला महर्जनलाई २१–० र २१–४ को सोझो सेटमा पराजित गरिन् । रशिलाले मंगलबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

मिक्स डबल्स र पुरुष डबल्समा पनि नेपाली खेलाडी पराजित भएका छन् । मिक्स डबल्समा चीनका सिवेइजेङ र याचिङ हुवाङको जोडीले नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीलाई २१–४ र २१–७ को सोझो सेटमा हराए ।

पुरुष डबल्समा सिंगापुरका जी जू नेको जोडीले नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीमाथि २१–१ र २१–४ को जित दर्ता गरे ।

भलिबल 

महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल बुधबार ३–१ ले पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजिमा भारतले नेपाललाई २५–२३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित गर्‍यो ।

नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठबाहेकका बाँकी स्थान छुट्याउनका लागि पनि खेल हुने भएकाले नेपाली महिला टोलीले अरू खेल खेल्ने मौका पाएको हो । समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासंग समान ३–० को सोझो सेटमा पछि परेको थियो ।

भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२औँ स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउने छ । नेपालले अर्को खेल हङकङसँग खेल्ने छ ।

हङकङलाई पराजित गरेमा नेपालले नवौँ स्थानका लागि अर्को खेल खेल्ने छ । नेपाल पराजित भएमा ११औँ स्थानका लागि अन्तिम खेल खेल्ने छ ।

एथ्लेटिक्स

एथलेटिक्सको पुरुष पाँचहजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् ।

हाङ्झाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा पार्कीले निर्धारित दुरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्ड रहेको थियो । यो समय उनले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३औँ सागमा उनले सो समयमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए ।

gopi-chandra-parki,-nepal,-athletics-1-1696439033.JPG

विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११औँ स्थानमा रहे । २० जनाले नाम दर्ता गराए पनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।

बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण जिते । उनले निर्धारित दुरी पूरा गर्न १३ मिनेट १७.४० सेकेन्ड समय खर्चे । उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भंग गरेका हुन् । 

भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्ड समयका साथ दोस्रो तथा बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयसाथ तेस्रो भए । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्ने छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro