site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुपारी निर्यातमा ‘डीएनए परीक्षण’को विषयले उद्योग समितिमा खैलाबैला !

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बुधबार ‘नेपालमा उत्पादित सुपारी निकासी सम्बन्धमा सरोकारवालासँग छलफल’ थियो ।  छलफलमा नेपाल सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघका पदाधिकारी तथा नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष, महासचिवलगायतलाई आमन्त्रण गरिएको थियो ।

उनीहरूले नेपालमा उत्पादन भएका सुपारी भारत निर्यातमा सहजीकरण गर्न समितिमा उजुरी दिए पनि त्यसको विषयमा बुझ्न समितिले उद्योग मन्त्री तथा सचिवलाई पनि आमन्त्रण गरेको थियो ।

बैठकमा सुपारीसम्बन्धी विविध पक्षमा छलफल भएको भए पनि निर्यातका गर्न ‘डीएनए परीक्षण’ गर्नुपर्ने विषय चाखलाग्दो थियो । नेपालको सुपारी निर्यात गर्दा ‘डीएनए परीक्षण’ गर्न दिगो विकास तथा सुशासन समितिको २०७९ साउन १३ गते बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अन्य निकायलाई निर्देशन दिने निर्णय गरेको थियो ।

यो निर्णय भएपछि नेपालमा उत्पादन भएको सुपारी निर्यातमा समस्या आएको व्यवसायी बताउँछन् । यो निर्णयलाई संशोधन गर्न पनि व्यवसायीको माग छ । नेपालमा उत्पादन भएको सुपारी भारतलाई नेपालले निर्यात गर्न सक्ने सम्भावना भएकाले यसलाई खुला गर्नुपर्ने नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडा बताउँछन् ।

“नेपालमा सुपारी खेतीको सम्भावना प्रचुर छ । यो बाली लगाएर पनि अन्य बाली यसैको फेदमा लगाउन सकिन्छ,” उनले भने, “हाम्रो उत्पादन १० हजार मेट्रिक टन छ । तर, निर्याको डाटा २३ सयको मात्र छ । अरू कहाँ गयो ? यो खोजको विषय हो । नेपालले भारतलाई जति पनि सुपारी दिन सक्छ । तर, यो डीएनए परीक्षण गर्न सम्भव छैन ।”

भारतबाट नेपाल आयात गरेर त्यही सुपारी भारततर्फ नै निकासी गरेपछि भारतले कडाइ गरेको थियो । नेपालको हो कि भारतको सुपारी भनेर छुट्याउन यो व्यवस्था गरिएको हुन सक्ने आकलन कतिपय सांसदहरूले गरेका छन् । तर, यो व्यवस्थाले नेपाली सुपारी उत्पादकलाई हतोत्साहित बनाएकाले पनि विषयले प्रवेश पाएको थियो ।

नेकपा (एमाले) की सांसद अमृतादेवी अग्रहरीले डीएनए परीक्षण गरेर मात्र भारत निर्यात गरेर चलखेल गरिएको हुन सक्ने आशंका गरिन् ।

“मान्छेको त डीएनए मिल्दैन । यो सुपारीको डीएनए भनेको के हो ? यस्तो पनि हुन्छ ! यो सरासर चलखेल हो,” उनले भनिन्, “यो अधिकार कुन समितिको हो । जुन पनि समितिले यस्तो निर्णय गर्न मिल्छ । अधिकार क्षेत्र कुन समितिको के हो ? यो सरासर कमिसनको खेल हो ।”

त्यस्तै, जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले डीएनए परीक्षण गर्न भनेर निर्यातमा व्यसायीलाई हतोत्साहित बनाउनु गम्भीर विषय भएको बताइन् । यसमा मन्त्रालय नै गम्भीर हुनुपर्ने उनको भानाइ थियो ।

“व्यवसायीले मन्त्रालयमा गुनासो गरेपछि यो विषय मन्त्रालयबाट नै टुङ्गिनुपर्थ्यो । तर, यो विषय समितिसम्म आइपुग्यो । मन्त्रालयले ध्यान नदिनु भनेको लेनदेन नै भएको छ भन्ने बुझिन्छ,” उनले भनिन् ।

त्यसैगरी नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले सुपारीमा अत्यान्तै चलखेल हुने गरेको सुन्ने गरेको बताइन् । उनले यो विषयलाई गम्भीरताका साथ समितिले हेर्नुपर्ने बताइन् ।

“सुपारीको तस्करी गर्न धुलाबारीतिर जाने बढ्छन् भन्ने सुनेकी थिए । यसमा धेरै चलखेल हुने गरेको छ भन्ने पनि सुनेकी छु,” उनले भनिन्, “नेपालमै सुपारी उत्पादन हुन्छ भने किन आयात गर्ने त ? आयात प्रतिबन्ध लगाऊँ । सुपारी खेतीलाई उद्योगका रूपमा विकास गरौँ ।”

समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले सुपारीको डीएनए परीक्षण गर्न नसकिने बताए । यसको विषयमा समितिबाट निर्णय हुनुपर्ने उनको भनाइ छ ।

“अहिले सुपारी आयातमा प्रतिबन्ध छ । आवश्यकता अनुसार उद्योगीलाई हामीले समय समयमा ल्याउन दिने गरेका छौँ,” उनले भने, “सुपारी निर्यात गर्न त दिने तर यकिन तथ्यांक छैन । नेपालमा उत्पादन भएको भन्दा निर्यात बढी भएपछि समस्या उत्पन्न भएको छ ।”

नेपालमा वार्णिक १४ हजार ५५२ मेट्रिक टन सुपारी उत्पादन हुने गरेको कृषि बाली व्यवसाय प्रवर्द्धन संस्थाका महासचिव हरि दहालले बताए । उनका अनुसार सुपारीको पात पनि निर्यात हुने गरेको छ । तर, यसको खेतीमा भने सरकारले बेवास्ता गरेको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro