अर्थ व्यवसाय

काठमाडौं । दसैँ लक्षित सुपथ मूल्य पसल देशभरका स्थानीय तहमा खोल्न निर्देशन दिनुपर्ने माग गरिएको छ ।
सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसद रमा कोइराला पौड्यालले माग गरेकी हुन् ।
४८ स्थानमा सहुलियत पसल खोलेर देशभरका जनताले सुविधा नपाउने उनले बताइन् ।
"दशैमा सबै स्थानीय तहमा दसैँ लक्षित पसल खोल्नु पर्छ । समितिले यी पसलमा अनुगमन गर्नुपर्छ," उनले भनिन् ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १४:३३
प्रतिक्रिया दिनुहोस्