अर्थ व्यवसाय
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्ने बताएका छन् ।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री रिजालले व्यवसायीसँग छलफल गरेर यसको विषयमा निर्णय लिने बताएका हुन् ।
"भारतमा नेपाली सुपारी निर्यात गर्न पाउनु हुन्छ । केही कारण बन्द छ । तर, हामीले के गर्दा हुन्छ । भारत सरकारलाई पत्र लेखेर समाधान हुन्छ भने त्यो पनि गर्न तयार छौँ," उनले भने, "तर केही व्यवहारिक अफ्ठ्यारा पनि छन् । अदालतमा मुद्दा पनि परेको अवस्था छ ।"
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १३:५८
प्रतिक्रिया दिनुहोस्