site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले धेरै बोलेपछि जनार्दन शर्माले भने– सभामुखले बोल्न दिने समयमा विभेद गर्न हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरूलाई बोल्न दिने समयमा विभेद् गरेको आरोप लगाएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति संकेत गर्दै उनले संसद्‌मा सांसदहरूलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव शर्माले सार्वभौम सांसदहरूले बोल्ने बेलामा माईक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराए ।

उनले सबै सांसदहरूले आफ्ना कुरा राख्नुपर्ने भएकाले त्यसमा विभेद गर्न नपाइने बताए ।

"सभामुख महोदय सार्वभौम संसद्का म यदि सदस्य हो भने म के कुरा यहाँ आग्रह गर्न चाहन्छु भने मलाई पनि धेरै कुरा बोल्नु छ । मैले पनि धेरै कुरा भन्नु छ । त्यसकारण मेरो माइक नकाटियोस् भन्ने आग्रह गर्न चाहन्छु । किनभने मैले पनि धेरै कुराहरू दिनुछ यहाँ । मैले पनि भन्न पाउनुपर्छ । मजस्ता धेरै माननीयज्यूहरूले भन्न पाउनुपर्छ भन्ने कुरा पनि सँगसँगै राख्न पाउँछु । र, यहाँ विभेद हुुनहुँदैन भन्ने कुरा पनि म राख्न चाहन्छु," उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro