site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतसँग नेपाल २३ रनले पराजित 
फाइल तस्बिर ।

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

मंगलबार जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतीय टिमले २०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ रन बनाए पनि हार टार्न सकेनन् । सन्दीप जोराले १२ बलमा तीन छक्का र एक चौकासहित २९ रन बनाए । कुशल मल्लले २२ बलमा दुई चौका र दुई छक्कासहित २९ रनको योगदान गरे ।

ओपनर कुशल भुर्तेलले २८ र आसिफ शेखले १० रन बनाए । सोमपाल कामीले सात, गुल्सन झाले ६ र कप्तान रोहितकुमार पौडेलले तीन रन जोडे ।

भारतका रवि बिस्नोइ र आवेश खानले समान तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले यशस्वी जयसवालको शतकको मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

यशस्वी ४९ बलमा आठ चौका र सात छक्कासहित १०० रन बनाएर आउट भए । ट्वान्टी–२० क्रिकेटमा यशस्वीको यो अहिलेसम्मकै उच्च स्कोर हो ।

यशस्वीले पहिलो विकेटका निम्ति कप्तान रितुराज गाइकवाडसँग ९.५ ओभरमा १०३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । गाइकवाडले २५ रन बनाए ।

रिंकु सिंहले ३७ र सिवम दुवे २५ रनमा अविजित रहे । यी दुईले पाँचौँ विकेटका निम्ति ५२ रनको साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्‍याएका हुन् ।

बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले ३१ रन खर्चिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।

भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro