site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतको जोधपुरबाट बाहिरिसकेको मनसुन नेपालबाट कहिले बाहिरिन्छ ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका  एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Global Ime bank

आज पनि सोमबार जस्तै देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताएकी छन् । “आज पनि देशका धेरै स्थानमा हिजोजस्तै वर्षा हुनेछ,” उनले बाह्रखरीसँग भनिन्, “भोलिबाट बिस्तारै पानी पर्नेक्रम कम हुनेछ ।” 

मनसुन सक्रिय रहेकाले अझै केही दिन नेपालबाट यो वर्षको मनसुन नबाहिरिने उनको भनाइ छ । उनका अनुसार कम्तीमा तीन दिन मनसुन बाहिरिने सम्भावना छैन । 

मगंलबारसम्म मनसुन भारतको जोधपुरसम्मबाट बाहिरिएको छ । क्रमशः यो क्रम नेपालतर्फ सर्ने मौसमविद् महर्जन बताउँछिन् । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ । साथै नेपालमा अहिले भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement