site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपा केन्द्रीय कार्यसमितिको बैठक मंसिर दोस्रो साता बस्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर दोस्रो साता बस्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९,१० र ११ गते बस्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा दैनिक उपभोग्य बस्तुमा भएको चरम मुल्यवृद्धिलगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

त्यस्तै, मुलुकमा ब्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका विरुद्ध राप्रपाले प्रदेश स्तरीय विरोध प्रर्दशन तथा सभाको तयारी गर्न सबै प्रदेशलाई निर्देशन दिने निर्णय गरेको छ ।

Global Ime bank

कोसी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसँग परामर्श गरी पार्टी अध्यक्षले टुंगो लगाउने निर्णय भएको छ ।

पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहिन कार्य गरेकाले पार्टीको अनुशासन समितिको सिफारिस बमोजिम झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ जिल्ला‌ कार्यसमितिका पूर्वप्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ जानकारी दिए ।

श्रेष्ठका अनुसार महामन्त्री डा.धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलनसम्बन्धी कार्ययोजनालाई अन्तिम रुप दिन वरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्दिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ गुरुङ र महामन्त्रीद्वय डा. धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय