site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकदिवसीय विश्वकप–२०२३ : चम्किन सक्ने पाँच ब्याटर

काठमाडौं । एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि भारतका विभिन्न सहरहरूमा आयोजना हुँदै छ ।

प्रतियोगिताको पहिलो दिन साविक विजेता इंग्ल्यान्ड र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्ने तालिका छ । विश्वकपको यस संस्करणमा एक एसोसिएट राष्ट्र गरी कुल १० टिम सहभागी छन् । करिब डेढ महिना चल्ने प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा हुने तालिका छ ।

विश्वकपअघि भारतीय भूमिमा चम्कन सक्ने पाँच ब्याटरहरू यस्ता छन् :

mohammd-rizwan-pakistan-1696258122.jpg

मोहम्मद रिजवान (पाकिस्तान)
पाकिस्तानका शीर्ष क्रम ब्याटर मोहम्मद रिजवान पछिल्लो समय लयमा छन् । प्रदर्शनका एकरूपमा भए पनि रिजवानको प्रदर्शनलाई प्रायः कप्तान बाबर आजम र ओपनर फखर जमानले छायाँमा पारेका छन् ।

तर, यो विश्वकपमा उनी पाकिस्तानको प्रमुख ब्याटरको रूपमा उदाउन सक्छन् । ३१ वर्षीय रिजवानले पछिल्लो पाँच एकदिवसीय क्रिकेटमध्ये चार खेलमा क्रमशः ६७, ४४, ६३ र ८६ रन (विश्वकपको अभ्यास खेलबाहेक) बनाएका छन् ।

अफ्ठ्यारो स्थितिमा टिमको इनिङ उकास्न सक्ने क्षमता भएका रिजवानले यस वर्ष पाकिस्तानका लागि १५ एकदिवसीय क्रिकेट खेल्दा ६२.८ को औषतमा ६२८ रन बनाएका छन् ।

micheal-mars-australia-1696258120.jpg

मिचेल मार्स (अस्ट्रेलिया)
मिचेल मार्सले गत जुन–जुलाईमा सम्पन्न एसेसबाट आफू ब्याटिङका लागि सक्षम क्रिकेटर रहेको सन्देश पुनः जगाएका थिए । जहाँ उनले इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्टमा उत्कृष्ट शतक प्रहार गरेका थिए ।

३१ वर्षीय मार्सले एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाबाट ७९ खेल खेल्दा ३४.३२ को औषतमा दुई हजार २३१ रन बनाएका छन् । उनले यसै वर्षको सुरुआतमा भारतमा खेलेका तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्रमशः ८१, ६६ र ४७ रन बनाएका थिए ।

ठूलो प्रतियोगिताको दबाबलाई नियन्त्रणमा राख्न सक्ने क्रिकेटरको रूपमा परिचित छन् । उनले सन् २०२१ को ट्वान्टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले जित्दा फाइनलमा ७७ रनको अविजित इनिङ खेलेका थिए ।

david-malan-england-1696258121.jpg

डेविड मलान (इंग्ल्यान्ड)
सन् २०१९ को विश्वकपपछि इंग्ल्यान्डबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर हुन्, डेविड मलान । ब्याटिङमा एकरूपताको प्रदर्शन गर्ने क्षमताकै कारण मलान यस विश्वकपका लागि पनि इंग्ल्यान्डको टिममा छन् ।

उनले इंग्ल्यान्डबाट २१ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच शतक र पाँच अर्धशतकसहित ६१.५२ को औषतमा एक हजार ४६ रन बनाएका छन् । ३६ वर्षीय मलानलाई सेप्टेम्बरमा भएको न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखलाअघिसम्म टिमको पहिलो रोजाइमा पर्न जासन रोयको चुनौती थियो । तर, त्यहाँ तीन खेलमा २७७ रन बनाउँदै मलानले रोयको यो चुनौती पन्छाएका थिए ।

subhman-gill-india-1696258121.jpg

सुभमन गिल (भारत)
सन् २०११ देखि आईसीसीको कुनै पनि ठूलो प्रतियोगिता जित्न नसकेको भारतका लागि घरेलु मैदानमै विश्वकपको उपाधि दिलाउन युवा ब्याटर सुभमन गिल महत्वपूर्ण बन्न सक्छन् । २४ वर्षीय गिल गत सेप्टेम्बरमा सम्पन्न एसीसी एसिया कपमा सबैभन्दा धेरै रन जोड्ने खेलाडी बनेका थिए । उनले एसिया कपका पाँच खेलमा एक शतक र दुई अर्धशतकसहित ३०२ रन बनाएका थिए । भारतबाट ओपनिङमा कप्तानसँगै आउने गिलबाट घरेलु टिमले एसिया कपकै प्रदर्शनको अपेक्षा राखेको छ ।

गिलले भारतबाट ३५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा ६६.१० को औषतमा ६ शतक र नौ अर्धशतकसहित एक हजार ९१७ रन बनाएका छन् ।

henrich-klasen-south-africa-1696258120.jpg

हेनरिक क्लासेन (दक्षिण अफ्रिका)
क्लासेनले सेप्टेम्बरमा भएको अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटमा ८३ बलमा १७४ रन बनाएपछि दक्षिण अफ्रिकाका मुख्य प्रशिक्षक टम मुडीले क्लासेन विश्वकै उत्कृष्ट मध्यक्रम ब्याटर भएको बताएका थिए ।

“हेनरिक क्लासेन ह्वाइट बल क्रिकेटमा विश्वकै उत्कृष्ट मध्यक्रम ब्याटर हुन् । यदि उनी हैनन् भने म को हुँ ? भन्ने जान्न इच्छुक छु,” प्रशिक्षक मुडीले ट्वीटरमा लेखेका थिए । अस्ट्रेलियाविरुद्ध क्लासेनको यो इनिङ एकदिवसीय क्रिकेटमा पाँच वा त्यो भन्दा तल्लो क्रममा ब्याटिङका लागि आएर कुनै ब्याटरले बनाएको अहिलेसम्मकै दोस्रो ठूलो स्कोर थियो ।

यसले पनि क्लासेनको ब्याटिङ क्षमता कस्तो छ भन्ने देखाउँछ । क्लासेनले दक्षिण अफ्रिकाबाट ४१ खेलमध्ये ३८ इनिङ्स खेल्दा तीन शतक र पाँच अर्धशतकसहित एक हजार ३२३ रन बनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro