site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताको अवस्था परिवर्तन नहुँदा लोकतन्त्रविरुद्ध आवाज उठ्यो : प्रदीप ज्ञवाली
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको विरुद्धमा आवाज उठिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा असहिष्णुता बढ्दै गएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

एसियालाई शान्ति क्षेत्रको रुमपा विकास गर्नुपर्ने भन्दै उनले शान्तिका पक्षहरुले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको बताए ।

“गणतन्त्र आएको १६ वर्ष बित्दानबित्दै समाजमा जुन ढंगको असन्तुष्टि व्यक्त भइरहेको छ, यसलाई गलत दिशातिर लैजाने, लोकतन्त्रकै विरुद्ध, राष्ट्रिय एकताकै विरुद्ध प्रयोग गर्न खोज्ने खालका प्रवृत्तिहरु देखा पर्दै छन,” उनले भने, “यसमा हामी शान्तिका पक्षहरुले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro