site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् भवन निर्माणमा ढिलाइका विषयमा संसदीय समितिको चासो

काठमाडौं । नयाँ संसद् भवन निर्माणमा भएको ढिलाइका विषयमा प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा छलफल गरिने भएको छ । निर्माणाधीन संघीय संसद् भवनको सोमबार अवलोकनपछि समितिले सहरी विकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीका अधिकारीसँग प्रगति विवरणसहित छलफल गर्ने निर्णय गरेको हो ।

पटक–पटक म्याद थप गर्दा पनि संसद् भवनको निर्माणमा ढिलाइ गरिएको भन्दै समितिका सभापति दीपकबहादुर सिंहले आवश्यक छलफल गरिने बताए । अनुगमनका क्रममा समिति सदस्यहरूले कामदारसँग निर्माण समस्याका बारेमा जानकारी लिएका थिए ।

सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन बनाउन ०७६ मा सम्झौता गरिएको थियो । दुईपटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायका अधिकारीसँग छलफल गर्ने निर्णय गरिएको उनले बताए ।

यस्तै, मुलुकभरको राजमार्ग र सवारीसाधनको अग्रिम टिकट बुकिङ तथा गाडीको व्यवस्थाका बारेमा यातायात मन्त्रालयका अधिकारीसँग छलफल गर्ने निर्णय गरिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro