site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसियाली खेलकुदमा सहभागी नेपाली महिला फुटबल टिम स्वदेश फर्कियो

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी भएर नेपाली महिला फुटबल टिम स्वदेश फर्किएको छ ।

एसियाडमा सहभागी भएर सोमबार स्वदेश फर्किएको नेपाली टिमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गरे ।

महिला फुटबलमा नेपाली टिम जितविहीन बनेको थियो । नेपालले पहिलो खेलमा भियतनामसँग २–० को र दोस्रो खेलमा जापानसँग ८–० को फराकिलो हार बेहोरेको थियो ।

अन्तिम खेलमा बंगलादेशसँग भने १–१ को बराबरी खेलेपछि नेपालले समूह ‘डी’मा एक अंक जोडेको थियो । यो समूहबाट जापानले क्वार्टरफाइनलमा स्थान बनाउँदा नेपालसँगै भियतनाम र बंगलादेश भने पहिलो चरणबाटै बाहिरिए ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्