site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यालय शिक्षा विधेयक पारित गर्न समिति हलमा पुगेका सांसदले आठ घण्टापछि भेट्न पाए मन्त्री

काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्‌बाट असार १५ मा पारित गर्ने गरी शिक्षक महासंघसँग सहमति गरेको थियो । सहमतिको पालना नगर्दै असार १५ गुज्रिएपछि शिक्षा समिति दबाबमा पर्‍यो । 

एक महिना लामो आन्दोलनमा शिक्षकहरूले विधेयक पारित गरेर मात्र फर्कने अडान लिएका थिए । तर, सरकारले उनीहरूलाई विश्वासमा लिएर गरेको सम्झौता पालना नभएपछि शिक्षकहरू आक्रोसित भए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यता, समिति भने विधेयकका केही प्रावधान र पारित गर्ने मितिमा शिक्षकहरूसँग नयाँ सहमति खोजिरहेको छ । असार १५ गते बिहानैदेखि सिंहदरबार प्रवेश गरेका शिक्षकहरूले दबाब बढाएपछि समितिले सोमबार शिक्षा विधेयक पारित गर्ने तयारी गरेको थियो । 

खासगरी पदपूर्तिमा भएको सहमति केही परिवर्तन गर्ने प्रस्ताव शिक्षकले अस्वीकार गरेपछि समितिका सभापति र मन्त्री दौडधुपमा लागे । शिक्षामन्त्री रघुजी पन्त कांग्रेस सभापति भेट्न सानेपातर्फ र सभापति सभामुख भेट्न कार्यकक्षतर्फ लागेपछि सांसदहरू समितिमा कुरेको कुरै भएका थिए । 

बिहान ८ बजेका लागि डाकिएको बैठकमा मन्त्री दिउँसाे ४ बजे पुगेपछि बल्ल बैठक सुरु भएको छ । समितिले नयाँ सहमति खोजेपछि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बिरामी भएको भन्दै अनुपस्थित भए । शिक्षकका पेसागत संगठनका प्रतिनिधिहरूसँग सहमति जुटेको छैन । समितिको बैठक आठ घण्टापछि सुरु भएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्