site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियाली खेलकुद : आर्चरीका चारै खेलाडी छनोट चरण पार गर्न सफल

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत आर्चरीको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका छन् । चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिलामा इमायुङ राई र मन्जु बजगाईं छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुले ५०६ अंक जोडिन् । रिकर्भमा ७०० पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७०० पूर्णकङ्कमा पुरुषतर्फ ५२ वर्षीय योगेन्द्रले ६२२ तथा महिलामा इमायुङले ६४७ को प्रदर्शन गरे । योगेन्द्र नेपालबाट सहभागी भएका सबैभन्दा पाका खेलाडी हुन् ।

स्क्वास

एसियाडअन्तर्गत स्क्वासको मिक्स टिम इभेन्टमा नेपाल हङकङसँग २–० ले पराजित भएको छ । हङकङले नेपाललाई २–० को सोझो सेटमा हरायो । नेपालका लागि अमृत थापा मगर र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले पहिलो सेट ११–१ र दोस्रो ११–३ को प्रदर्शन गर्‍यो ।

पुरुष सिङ्गल्सको अन्तिम ३२ मा नेपालका अमृत कुवेतका अब्दुल अलमेयेनबाट ३–० को सिधा सेटमा पराजित भए । अमृत ११–४, ११–२ र ११–५ ले चुके ।

पुरुष सिङ्गल्सकै अन्तिम ३२ को खेलमा नेपालका अरहान्तकेशर सिम्ह मलेसियाका मोहमद अदिनबाट ३–० ले पराजित भए । अरहान्तले ११–५, ११–३ र ११–३ को प्रदर्शन गरे ।

नेपालकी कृष्णा थापा महिला सिङ्गल्सको अन्तिम ३२ बाट बाहिरिएकी छन् । अमृतकी सहोदर बहिनी कृष्ण दक्षिण कोरियाकी जियान लीविरुद्ध ११–३, ११–० र ११–३ ले पछि परिन् ।

महिला सिङ्गल्सको अन्तिम ३२ मा नेपालकी विपना ब्लोन थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७ र ११–८ ले हारिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro