
काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न बोलाइएको शिक्षा समितिको बैठक अझै बस्न सकेको छैन । दिउँसो २ बजेका लागि बोलाइएको बैठकका लागि सांसदहरू पुगे पनि बैठक हुन सकेको छैन ।
बैठकका लागि सांसदहरू विद्या भट्टराई, सुमना श्रेष्ठ, देवेन्द्र पौडेल, रेखा शर्मा, चन्द्र भण्डारी, छविलाल विश्वकर्मालगायत उपस्थित भइसकेका छैनन् ।
नेपाल शिक्षक महासंघका पदाधिकारीसँग आजै शिक्षा मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन बनेको थियो । शिक्षक पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि उनीहरू छलफलबाट बाहिरिएका थिए ।
पदपूर्तिमा शिक्षकहरूसँग सहमति नजुटेपछि शिक्षामन्त्री रघुजी पन्तले थप परामर्श थालेका छन् । शिक्षकहरूसँगको छलफलपछि आजै उनी नेपाली कांग्रेसका नेताहरूलाई भेट्न सानेपा पुगेका छन् ।