site stats
बाह्रखरी :: Baahrakhari
देश
केएमसीका डाक्टरलाई हातपात गर्ने दुईजना प्रहरी नियन्त्रणमा
प्रतीकात्मक तस्बिर।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिनामङगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भई हाल काठमाडौं महानगरपालिकास्थित चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भई हाल सिनामङगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

आज दिउँसो करिब १ बजे ओपीडीमा डा खड्कामाथि हात पात भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए । रासस

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्