site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कोसी अधिवेशन : उमेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ सुरु हुने

विराटनगर ।‌ नेकपा (एमाले) कोसी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । कार्यतालिकाभन्दा ढिलो गरी मतदान सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न अन्तिम नामावली प्रकाशन गरेको हो । मनोनयनउपर दाबी विरोध तथा फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो ।

प्रमुख निर्वाचन अधिकृत चुणामणि आचार्यले नेतृत्व चयनका लागि तोकिएको कार्यतालिकाभन्दा ढिलो गरी निर्वाचन सुरु हुने बताए । उनले भने, “ढिलोमा १२ बजे मतदान सुरु गर्ने तयारी थियो ।‌ कार्यतालिकाभन्दा ढिलो सुरु हुने भयो ।”

नामावली प्रकाशन भएसँगै मतपत्र प्रकाशन गर्न पठाइएको आचार्यले सुनाए ।

कोसी एमालेमा अध्यक्षसहित पाँच पदाधिकारी चयन गर्न निर्वाचनमा ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्ष पदका उमेदवार विनोद ढकालको प्यानलमा सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन् । उपसचिवमा भविश्वर गुरुङले उमेदवारी फिर्ता लिएका छन् ।‌

अध्यक्ष घनश्याम खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन् । उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन् ।‌

उपाध्यक्ष टिका चेम्जोङलाई दुवै प्यानलको समर्थन थियो । सो पदमा उनको मात्र उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro