site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपिलवस्तुमा रक्तचन्दन बरामद, आठजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

कृष्णनगर (कपिलवस्तु) । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आइतबार बिहान साढे ६ क्विन्टल रक्तचन्दन बरामद गरेको छ ।

रक्तचन्दनसहित आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । 

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका– ३ का टीकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका– ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका– ३ का नीमबहादुर नेपाली रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६५३ किलो १५० ग्राम रक्तचन्दन बुद्धभूमि नगरपालिका–१ पत्थरकोटबाट नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

रक्तचन्दन ढुवानीमा प्रयोग गरिएको लु २ च १६३९ नम्बरको बोलेरो जीप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

रक्तचन्दनको काठ र पक्राउ गरिएका व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा पठाइएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro