site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले ‘स्विच’ थिचेर गरे एमाले कोसी प्रदेश अधिवेशनको उद्घाटन 

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीको कोसी प्रदेश अधिवेशन उद्घाटन गरेका छन् ।‌ प्रदेश राजधानी विराटगरमा आयोजित उद्घाटन समारोहमा सहभागी हुन ओली आजै विराटनगर आएका हुन् । 

मनास्लु पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा ओलीले ‘डिजिटल ब्यानरको स्विच’ थिचेर अधिवेशन उद्घाटन गरे ।‌ 

Argakhachi Cement Island Ad

अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय नेताहरू विराटनगरमा भेला भएका छन् ।‌ अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी छन् ।‌ शनिबारसम्म चल्ने अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । 

अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।‌ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरूलगायत सहभागी छन् ।‌

यसअघि कार्यक्रमस्थलमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत् गरिएको थियो ।‌

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्