देश
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युतको खम्बामा बलिरहेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।
आज बिहान ६ बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उनलाई चिकित्सकले ६ः४० बजे मृत्यु भएको घोषणा गरेका थिए । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ । रासस
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १२:२८
प्रतिक्रिया दिनुहोस्