राजनीति

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । सुर्खेतको सिटी हलमा बन्दसत्र सुरु भएको हो ।
बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र आन्तरिक तयारीका कारण ढिलो सुरु भएको उपाध्यक्ष लालबहादुर महतराले जानकारी दिए ।
बन्दसत्रअघि सुर्खेतमा रहेका एमाले महासचिव शंकर पोखरेल सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किसकेका छन् ।
कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाही आकांक्षी देखिएका छन् ।
कर्णालीमा १३५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा ६०४ प्रतिनिधि छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० १७:२०
प्रतिक्रिया दिनुहोस्