देश
काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धुव्रबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमतीले आत्महत्या गर्न पेस्तोल पड्काएको आशंका गरिएको छ ।
चौधरीकी श्रीमती शर्मिलाले बुधबार साँझ लक्ष्मण घरमा नभएको मौकामा उनले बोक्दै आएको पेस्तोल घरमा पड्काएको खुलेको हो । पेस्तोलबाट दुई फायर गोली चलेको थियो ।
एउटा गोली शर्मिलाको कोखामा लागेको थियो । उनको टिचिङ अपस्तालमा उपचार भइरहेको छ । प्रहरीको अनुसन्धानका क्रममा लक्ष्मण र उनकी श्रीमतीबिच सम्बन्ध राम्रो नदेखिएको जनाएको छ ।
काठमाडौं प्रहरीका एसपी कुमेध ढुंगेलले भने कसरी गोली चल्यो भन्नेबारे अनुसन्धान जारी नै रहेको बताए ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० १६:३८
प्रतिक्रिया दिनुहोस्