site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रेखाको गोलमा बंगलादेशविरुद्ध हारबाट जोगियो नेपाल 

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदको महिला फुटबलतर्फ नेपाल जितविहीन बनेको छ ।

बिहीबार समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

वेनझेउ स्पोर्ट्स सेन्टर रंगशालामा सम्पन्न खेलमा बंगलादेशकी कप्तान सविना खातुनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । 

खातुनले पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार नेपाली गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले रोक्न सकिनन् ।

तर, खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा रेखा पौडेलले गोल गर्दै नेपालको हार टारेकी थिइन् । रेखाले ८३औँ मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी हुन् । सावित्रा भण्डारीको क्रसमा १८ यार्ड बक्सभित्र रहेकी रेखाले हेडर गोल गर्दै नेपालको हार टारेकी थिइन् ।

नेपाल यसअघि एसियाडको पहिलो खेलमा भियतनामसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा जापानसँग ८–० को फराकिलो हार व्यहोरेको थियो । यता, बंगलादेश भने पहिलो खेलमा जापानसँग ८–० ले र दोस्रो खेलमा भियतनामसँग ६–१ ले पराजित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro