site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले वाग्मती अधिवेशन : निर्वाचन प्राविधिकले मागे विद्युतीय मतदानअघि चार घण्टा समय
एमाले वाग्मती अधिवेशनमा सहभागीहरू ।

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेश अधिवेशन अझै लम्बिने देखिएको छ । बुधबारदेखि निर्वाचन प्रक्रिया सुरु गरिए पनि निर्वाचन समितिले भर्खरै मात्र उमेदवारको प्रारम्भिक नाम सार्वजनिक गरेको छ ।

उमेदवारको दाबी विरोध, उमेदवारी फिर्ता, उमेदवारको अन्तिम नामावलीलगायतको प्रक्रिया बाँकी नै छ । निर्वाचन समितिका सदस्यहरुका अनुसार अब ती प्रक्रिया बढाइनेछ ।

एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गर्दै छ । त्यसका लागि राम–लक्ष्मण भोटिङ मेसिन पार्टी कार्यालयमा लगिएको छ । विद्युतीय मेसिनमा उमेदवारको नाम इन्ट्री गर्न करिब चार घण्टा लाग्ने भएकाले चुनाव नै भए पनि लम्बिने देखिएको छ ।

भोटिङ मेसिन अनुसन्धानकर्ता समेत रहेका निर्वाचन प्राविधिक लक्ष्मण रिमालका अनुसार अन्तिम नामावली प्रकाशन भएको चार घण्टापछि मात्रै मतदान सुरु गर्न सकिन्छ ।

Global Ime bank

“उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछिको चार घण्टा त हामीलाई नै चाहिन्छ । अन्तिम नामावली आएपछि हामीले नाम इन्ट्री गर्नुपर्छ । भर्खरै प्रारम्भिक नाम आएको जानकारी आएको छ,” उनी भन्छन् ।

एमालेले राम लक्ष्मण इनोभेसनसँग आज बिहान ८ बजेदेखि मतदान गर्ने सम्झौता गरेको थियो । तर, अझै अन्तिम नामावली नआउँदा उनीहरु अन्योलमा देखिन्छन् । एमालेले अझै कतिबेला निर्वाचन गर्ने भन्ने जानकारी गराइसकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu