site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्णालीमा बन्दसत्र अझै सुरु भएन, महासचिवले थाले स्थायी कमिटी सदस्यहरूसँग छलफल

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । सुर्खेतको सिटी हलमा बिहान ८ बजेबाट बन्द सत्र सुरु गर्ने तयारी थियो । 

तर, आन्तरिक तयारीका कारण समय ढिलो भएको उपाध्यक्ष लालबहादुर महतराले जानकारी दिए । अहिले भने महासचिव शंकर पोखरेलले स्थायी कमिटी सदस्यहरूसँग छलफल गरिरहेका छन् । 

नेतृत्व चयनका विषयमा उनीहरू छलफलमा जुटेकाले बन्द सत्र सुरु हुन नसकेको एक नेताले जानकारी दिए । कर्णालीमा यामलाल कँडेल, गोरखबहादुर बोगटी स्थायी कमिटी सदस्य छन् । उनीहरूले प्यानलै बनाउन लागेको नेताहरू बताउँछन् । 

कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाही आकांक्षी देखिएका छन् । 

कर्णालीमा १३५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा ६०४ प्रतिनिधि छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro