site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चारवटा प्रदेशमा वर्षाको सम्भावना
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशसँगै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । 

Dabur Nepal
NIC Asia

आज दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

विभागले कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

विभागले आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र वाग्मती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro