site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानगरले खोसेका सामान फिर्ता गरिने, कानुनले निषेध गरेका बाहेकका स्थानमा फुटपाथ सञ्चालनका लागि पहल गरिने

काठमाडौं ।  जवाफदेहीताको माग राखेर नौ दिनदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः सँग काठमाडौं महानगरपालिकाले सहमति जुटाएको छ ।

सहमतिपछि नौ दिनदेखि उभिएर आन्दोलन जारी राखेका ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

काठमाडौं महानगरपालिकाले फुटपाथ तथा सडक व्यवसायीलाई निश्चित समय तोकेर व्यापार गर्न दिनुपर्ने मुख्य माग ईः को थियो ।

सोही माग राखेर अभियन्ता ईः ले नौ दिनदेखि अर्थात् १९९ घण्टा महानगरको गेटमा उभिएर शान्तिपूर्ण विरोध गरेका थिए ।

आठौं दिनमा भएको सहमतिको ड्राफ्टमा महानगरका मेयर बालेन शाहले कैँची लगाएपछि वार्ता भाँडिएको थियो ।

तर नवौं दिनमा फेरि वार्ताको पहल गरेर सहमति जुटाइएको थियो ।

सहमतिअनुसार कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने छ ।

काठमाडौं महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशी तथा अभियानकर्ताको तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने छ ।

अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न आठ सदस्यीय समिति गठन गरिने भएको छ ।

उक्त समितिमा महानगरपालिकाले तोकेका तीन जना, ईः का तर्फबाट दुई जना, भौतिक पूर्वाधार मन्त्रालयका तर्फबाट एक जना, सहरी विकास मन्त्रालयका तर्फबाट एकजा र ट्राफिक प्रहरीको तर्फबाट एकजना प्रतिनिधि रहनेछन् ।

II-Balen-Ishan-1695829981.jpg

Balen-II-1695830165.jpg

iiii-1695830420.jpg

iii-1695830420.jpg

i-1695830420.jpg

iiiiiiiiiii-1695830422.jpg

iiiii-1695830421.jpg

iiiiiiii-1695830421.jpg

ii-1695830420.jpg

iiiiiiiii-1695830422.jpg

sahamati-1695830423.jpg

sahamati-1-1695830423.jpg

ttttt-1695830424.jpg

तस्बिर : सुनील प्रधान

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २१:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro