site stats
बाह्रखरी :: Baahrakhari
खेल
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै भारत फाइनलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । घरेलु टिम नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै साविक विजेता भारत साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

भारतले पेनाल्टीमा ३–२ ले बाजि मार्दै फाइनलको यात्रा तय गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित समय १–१ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

Agni Group

निर्धारित समयको खेलमा साहील खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खुर्सिदले २६औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा राखेका थिए । 

तर, ७४औँ मिनेटमा समीर तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । दीपक थापामगरले निकालेको क्रसमा बक्सभित्र रहेका समिरले हेडर गोल गर्दै नेपाललाई बराबरीमा फर्काएका थिए । यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको हो । 

Global Ime bank

त्यसअघि ४७औँ मिनेटमा निराजन धामीको प्रहार पोस्टमा लागेर फर्किंदा नेपालले बराबरीको मौका गुमाएको थियो ।   

नेपालबाट आश्विन घोरासैनी र कुशल देउवाले गोल गरे । नेपालका प्रशान्त लक्षमको प्रहार भारतका गोलकिपर लियोनल डार्यलले बचाएका थिए । यस्तै, लछु थापाको प्रहार बारमा लागेर फर्किदा विक्रम तामाङको प्रहार आकासिएको थियो । 

भारतका अर्जुन सिंह ओइनाम, ग्वग्वम्सर गोयरी र मङ्लेन्ताङ किप्गेनले गोल गरे । 

भारतका दिनेश सिंह सोउबम र रिकी मैतेई हाओबमको प्रहार नेपालका गोलकिपर जियारथ सेखले बचाए पनि मैदानमा उपस्थित १२ हजार ६५६ दर्शकमाझ हार टार्न भने सकेनन् ।

जितसँगै भारतले अब उपाधिका लागि पाकिस्तानसँग खेल्ने भएको छ । पाकिस्तानले आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगितामा नेपाल समूह 'ए' को उपविजेता र भारत समूह 'बी' को विजेताको रूपमा सेमिफाइनल आएका हुन् । समूह चरणमा नेपालले पाकिस्तानसँग १–० को हार बेहोर्दा माल्दिभ्सलाई भने ४–१ ले हराएको थियो । भारतले भने समूहको पहिलो खेलमा बंगलादेशलाई ३–० ले र दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu