site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ई: लाई बालेनले भने– चुनावी एजेन्डा भुलेको छैन, हामीले कानुनको पालना गर्दा अवरोध नगर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूले चुनावी वाचा नभुलेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत महानगरविरुद्ध उभिएर आन्दोलन गरिरहेका सामाजिक अभियन्ता ई:लाई सम्बोधन गर्दै बालेनले आफूले चुनावी एजेन्डा नबिर्सिएको र गरिबको सधैँका लागि बोल्दिने महानगर भएको बताएका छन् । 

"घोषणापत्रको कुन पेजको कुन बुँदामा लेखेको छु भन्ने पनि थाहा छ । त्यो बुँदा कुनै अमूक व्यक्ति वा समूहको व्यवस्थापनका लागि मात्र थिएन, त्यो गरिबी निर्मुल गर्ने एउटा चरणको रूपमा थियो । महानगरको सीमितता र सम्भावना दुवैको प्रत्यक्ष अध्ययनबाट केही कार्यक्रमहरू थप परिस्कृत गरिएका हुन् । अहिले पनि भन्छौँ, संसारैबाट गरिबी हटाउने हो, गरिब होइन," बालेनले भनेका छन् ।

उनले कानुनीसहित विभिन्न कारणले सडक व्यापारीका लागि स्थान तोक्न असम्भव रहेको तर्क गरेका छन् ।

बालेनले केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा,  स्वर्णिम वाग्लेसहितको उपस्थिति र जायज मागहरू पूरा गर्नुपर्ने भन्ने तर्क 'राजनैतिक बेइमानी' रहेको पनि बताएका छन् । उनीहरूले सडक व्यापारबारे स्पष्ट नियम नै नबनाएको उनको आरोप छ ।

उनले ई:लाई आन्दोलन स्थगित गर्न पनि आग्रह गरेका छन् । 

"हाम्रो आग्रह छ, हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ती मानिसहरूप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो भन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ । यसैले कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनुहोला । हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनुहोला," उनले भनेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro