site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैवाहिक समारोहस्थलमा आगलागी हुँदा एक सयजनाको मृत्यु
Tiktok banner adTiktok banner ad

इराक । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सयजनाको मृत्यु भएको छ । १५० भन्दा बढी घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

मोसुलको पूर्वमा रहेको इशाई धर्मावलम्बीको बाहुल्यता रहेको सहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौँ मानिस भेला भएका बताएका छन् । 

अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने कम गुणस्तरको निर्माण सामग्रीले बनेको हलमा विवाह समारोह आयोजना गरिएको थियो । हलको छत खस्दा उक्त हताहत भएको अधिकारीहरूले बताएका छन् । 

इराकी  स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले पनि मृतकको उक्त संख्या एएफपीलाई पुष्टि गरेका छन् । 

अस्पताल भर्ना भएका अधिकांश बिरामी जलेका, अक्सिजन अभावका कारण श्वासप्रश्वासमा समस्या भएका तथा केही भने भीडले कुल्चिदा घाइते भएका छन् । 

मंगलबार साँझ उक्त दुर्घटना भएको हो । यद्यपि, आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रारम्भिक विवरणअनुसार पटाका पड्काउँदा आगलागी भएको बताइएको छ । 

दुलहा र दुलही आगोको चपेटमा परे वा नपरेको केही जानकारी प्राप्त भएको छैन । दुवै जनाले नाच्न थालेपछि आगो सल्किएको जनाइएको छ । रासस/एपी

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro