site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनी अल स्टारले दीपेन्द्रलाई एक लाख र अन्य खेलाडीलाई जनही १० हजार दिने

काठमाडौं । नेपाली घरेलु क्रिकेटको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टारले एसियाडमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

दीपेन्द्रले बुधबार चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान राखेका थिए । उनले मंगोलियाविरुद्ध १० बलमा अविजित ५२ रन बनाएका थिए । 

लुम्बिनीले टिमको कप्तानसमेत रहेका दीपेन्द्रलाई एक लाख र मंगोलियाविरुद्ध प्लेइङ–११ मा रहेका सदस्यलाई जनही १० हजार दिने घोषणा गरेको हो ।

दीपेन्द्रकै कप्तानीमा लुम्बिनीले गत वर्ष सम्पन्न नेपाल टी–२० को उपाधि जितेको थियो । 

कुशलको शतकसँगै दीपेन्द्र र कप्तान रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले मंगोलियाविरुद्ध ३१४ रनको योगफल खडा गरेको थियो । ३१५ रनको लक्ष्य पछ्याउने क्रममा मंगोलिया ४१ रनमै समेटिएपछि नेपालले २७३ रनको कीर्तिमानी जित निकालेको थियो ।

All-Star-1695796712.jpg

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro