site stats
बाह्रखरी :: Baahrakhari
कला
कलाकारसहित दुई सयजना ‘स्पार्क एड्भेन्चर’मा जाँदै

काठमाडौं । नायक निखिल उप्रेती, हास्य कलाकार सन्दीप क्षेत्री, गायक प्रेमराजा महतलगायत करिब दुई सयजना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाने भएका छन् । 

दोलखा र रामेछापको सीमामा पर्ने शैलुङमा स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन विजय लामा, निखिल, सन्दीपलगायत कलाकारले सहभागिता जनाउने भएका छन् । कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी हुनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचारका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा कलाकार गरिमा शर्मा, गायक यश कुमार, लेखक बुद्धिसागर, डा. रन्जित बराल, कमेडियन कैलाश कार्की, मोडल रीना थापा मगर, ट्राभलर सिर्जना सिज्जुलगायतको सहभागिता रहनेछ ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्