site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
खाद्यले दसैँमा तीन हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष तीन हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । कम्पनीले दाङ, धादिङ र हेटौँडाबाट खरिद गर्ने प्रक्रिया थालेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले बताए ।

तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आधिकारिक निर्णय भने भएको छैन । काठमाडौं उपत्यकामा दुई हजार खसीबोका र एक हजार च्यांग्रा वाग्मती प्रादेशिक कार्यालय, थापाथलीबाट बिक्री गरिने चन्दको भनाइ छ । तर, कहिले खरिद गर्ने र कहिलेदेखि काठमाडौं ल्याइने भन्ने विषयमा निर्णय भने नभएको उनी बताउँछन् ।

Agni Group

“यो वर्ष हामीले एक हजार च्यांग्रा र दुई हजार खसीबोका बिक्री गर्ने तयारी गरिरहेको छौँ । दाङ, हेटौँडा र धादिङबाट खदिर गर्ने तयारी गरेका छौँ । तर, कहिलेदेखि खरिद गर्ने भन्ने विषयमा निर्णय भएको छैन,” उनले भने, “मूल्य के कति गर्न भन्ने विषयमा पनि हामीले छलफल गरिरहेका छौँ । तर, बजारको मूल्यभन्दा केही सस्तोमा हामी खसीबोका र च्यांग्रा उपलब्ध गराउँछौँ ।”

गत वर्षको दसैँमा कम्पनीले दार्चुलाबाट ५०० च्याङ्ग्रा खरिद गरेर काठमाडौं ल्याएको थियो । त्यस्तै, खसीबोका दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्जसहित हेटौँडाबाट ७०० काठमाडौं भित्र्याएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu