site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सार्वजनिक सञ्चारमाध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन विधेयक : सञ्चारमन्त्री
फाइल तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु गरिएको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चारमाध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन यो विधेयक अघि बढाइएको बताइन् ।

Agni Group

उनले विधेयकप्रति आएका संशोधनमाथि पनि छलफल गरेर जनउत्तरदायी बनाइने प्रतिबद्धता जनाइन् । ०७७ सालमा विधेयक प्रस्तुत गरिएकाले यसबीचमा भएको परिवर्तनलाई समेत ध्यानमा राखेर विधेयक अघि बढाइने उनको भनाइ छ ।

उनले सरकारी सञ्चारमाध्यमलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गरिने बताइन् ।

Global Ime bank

बैठकमा समिति सदस्यहरूले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाइनुपर्नेमा जोड दिए । सूचनाको पहुँच विस्तार गरी मुलुकको साझा संस्थाका रूपमा अघि बढाइनुपर्ने उनीहरूले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu