site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आशिष धनगढीको ‘मार्की प्लेयर’

काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय टिमका मिडफिल्डर आशिष चौधरीलाई मार्की खेलाडीको अनुबन्ध गरेको छ ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका विशाल राईलाई मार्की खेलाडीमा राखेको थियो । तर, यस संस्करणका लागि विशाल अनुपस्थित हुने भएपछि धनगढीले आशिषलाई मार्कीको रूपमा अनुबन्ध गरेको हो ।

Dabur Nepal
NIC Asia

चर्च ब्वाइज युनाइटेडबाट घरेलु लिग खेल्ने आशिषले सन् २०२२ मा बंगलादेशविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टिमका लागि डेब्यू गरेका थिए । मार्की खेलाडीमा अनुबन्ध भएपछि आशिषले गत सिजन उपविजेता बने पनि टिमले यस सिजन राम्रो नतिजा ल्याउने प्रयास गर्ने बताए ।

“पहिलो सिजन सबैको मिहिनेतले उपविजेता बनेका थियो । यस सिजनमा थप राम्रो नतिजा ल्याउने प्रयासमा छौँ । अक्सनबाट टोलीका लागि आवश्यक पर्ने खेलाडीहरूलाई लिने र थप खेलाडीलाई विदेशबाट भित्र्याउने आन्तरिक तयारी पनि गरिरहेका छौँ । आफ्नोतर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्‍याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,” आशिषले भने ।

Ashish-Chaudhari-Dhangadhi-FC-1695658772.jpg

यस्तै, धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यस सिजनमा पनि आशिष चौधरीलाई सम्झौता गर्दा एकदमै उत्साहित रहेको बताए ।

“नेपाली फुटबलका प्रतिभावान खेलाडीमध्येका एक आशिषको आगमनसँगै टोलीको ऊर्जा झनै बढेको महसुस भएको छ,” शाहीले भने, “धनगढी एफसीलाई गत सिजनमा तपाईंहरू सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दछौँ । यस सिजनमा पनि यहाँहरूको अपार मायाको अपेक्षा राखेका छौँ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro