site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर, ९८ लाख जरिवाना र ६ महिना कैद सजाय
फाइल तस्बिर।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारमार्फत अकुत सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीद्वय यमुना भट्टराई र खुशीराम थारुको संयुक्त इजलासले श्रेष्ठलाई भ्रष्टाचारमार्फत अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको विशेष अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी धनबहादुर कार्कीले जानकारी दिए ।

Agni Group

“९८ लाख २९ हजार ५३७ रुपैया जरिवाना हुने र त्यसअनुरुपको बिगो जफत गर्ने फैसला भएको छ,” कार्कीले बाह्रखरीसँग भने, “फैसलाका पूर्ण पाठ केही समयपछि आउनेछ ।”

श्रेष्ठलाई जरिवानासहित ६ महिना कैद हुने फैसला भएको छ ।

Global Ime bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ मा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । श्रेष्ठविरुद्ध चार करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी आर्जन गरेको भन्दै आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको हो ।

नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu