site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल
सांकेतिक तस्बिर।

काठमाडौं । कुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत बिहीबार सिल गरेको हो ।

स्टोरमा राखिएका ७० हजार केजी चिनीका बोराहरूमा लेबल नराखिएको र गोदाममा पानी जमेको देखिएपछि सिल गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए । उनका अनुसार कतिपयमा बोरामा उत्पादन मिति र परिणाम मेटिएको अवस्थामा चिनीका बोरा भेटिएका थिए ।

Dabur Nepal
NIC Asia

“जिल्ला प्रशासनले हामीलाई सूचना दिएपछि हाम्रो टोली गोदाममा पुग्यो । गोदाममा पुग्दा पानी जमेको र लेबल मेटिएको बोराहरु भेटिए,” उनले भने, “चिनी गुणस्तरहीन भएको आशंका भएपछि हामीले गोदाम सिल गरेर गुणस्तर चेक गर्न ल्याबमा पठाएका छौँ ।”

अब आउने रिपोर्टअनुसार कारबाही अगाडि बढाउने पोखरेले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro