site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतलाई हत्या आरोप लगाउन क्यानडालाई अमेरिकासहित चार देशको खुफिया सहयोग !
Tiktok banner adTiktok banner ad

काठमाडौं । क्यानडाले भारतलाई लगाएको हत्या आरोपको पछाडि ‘फाइभ आइज’को भूमिका रहेको बताइएको छ । क्यानडाका लागि अमेरिकी राजदूतले आइतबार यस्तो टिप्प्णी गरेका हुन् ।

फाइभ आइज अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डबीचको खुफिया साझेदारी सम्झौता हो ।

भारतको पन्जाबलाई टुक्र्याएर अलगै सिख देशको माग गर्दै आएका पृथकतावादी कार्यकर्ता हरदीप सिंह निज्जरको गत जुनमा क्यानडामा हत्या भएको थियो ।

गत हप्ताको सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नता रहेको हुन सक्ने आरोप लगाएका थिए ।

क्यानडाका लागि अमेरिकी राजदूत डेभिड कोहेनले आइतबार एक अन्तर्वार्ताका क्रममा भनेका छन्, “फाइभ आइज साझेदारबीच खुफिया जानकारी सेयर भएको म पुष्टि गर्छु । त्यसै साझेदारीले क्यानडाका प्रधानमन्त्रीलाई उक्त बयान दिन मद्दत गर्‍यो ।”

पछिल्लो समय भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ ।

सीएनएनबाट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro