site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ईःले गरे मेयर बालेनको भनाइको खण्डन– नगर प्रहरीले हप्काए

काठमाडौं । सामाजिक अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई भेट्न नबोलाएको बताएका छन् ।

सोमबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको आरोप लगाएका थिए । आन्दोलनको विषय र समस्याका बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको उनले उल्लेख गरेका छन् ।

Dabur Nepal
NIC Asia

“विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ, यहाँहरूको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,” मेयर बालेनले लेखेका छन्, “लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ । सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने ?”

त्यसलगतै अभियन्ता ईःले उक्त स्ट्याटस सेयर गर्दै मेयर बालेनको भनाइको खण्डन गरेका छन् । ईःले नगर प्रहरी आएर आफूहरूलाई हप्काएको उल्लेख गरेका छन् ।

“मेयर यहाँ आउनुभएको होइन । सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन् । करिब २० मिनेटअगाडि अकस्मात् एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए,” ईःले लेखेका छन्, “हामीले कानुनविज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौँ । नगर प्रहरीले रिसाएर जवाफ दिए– त्यसो भए मेयरले भेट्दैन ।”

विगत केही दिनदेखि अभियन्ता ईःलगायत व्यक्ति प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअगाडि आन्दोलनमा छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro