site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
केकी भन्छिन्– ‘परदेशी–२’ ले मौलिक कथामा अभिनय गर्ने रहर पूरा गरिदियो

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परदेशी–२’का कलाकारले यतिबेला प्रचारप्रसारलाई तिव्र पारेका छन् । देशका विभिन्न मुख्य सहरमा प्रचार गरिरहेको परदेशीका कलाकार तथा निर्देशक अहिले नेपालगञ्ज पुगेका छन् । 

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी–२’का निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको समूह दुई दिनदेखि नेपालगञ्जमा छ । 

शनिबार नेपालगञ्ज पुगेर त्यहाँका हल भिजिट गरेको टिमले आइतबार पत्रकारसँग साक्षात्कार गरेको थियो । अभिनेत्री केकीले ‘परदेशी–२’को कथा सबै नेपालीको कथा भएको बताइन् । मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी–२’ले पूरा गरेको उनको भनाइ थियो ।

अभिनेता प्रकाशले ‘परदेशी–२’ आफ्नो पहिलो चलचित्र भएका कारण उत्साहित रहेको बताए ।

चलचित्रले नेपाली समाजको कथा उठान गरेकाले दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए । संसार घुमे पनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने चलचित्रको मुख्य कथा रहेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro