site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धार्मिक सहिष्णुता खलबल्याउनेलाई मुस्लिम आयोगले गर्‍यो कारबाहीको माग
फाइल तस्बिर।

काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबल्याउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराए । उनले मलगंवासहित मधेस प्रदेशका केही जिल्लामा केही अराजक तत्वहरुले धार्मिक सहिष्णुता खलबल्याउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरे ।

Dabur Nepal
NIC Asia

मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलीबेटीलाई दुव्र्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृहमन्त्रीलाई उनले आग्रह गरे । अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धी र देशको उन्नति, प्रगतिको पक्षमा रहेको बताए ।

विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलंगवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डीजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिति सिर्जना भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro