site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आत्मघाती आक्रमणमा १३ जना मारिए
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

मोगादिसु । मध्य सोमालियामा भएको आत्मघाती आक्रमणमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य ४५ जना घाइते भएका छन् ।

एकजना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको ट्रकलाई शनिबार बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा भवन भत्किएको छ । भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

Agni Group

प्रहरी अधिकारीले आइतबार एएफपीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या १३ नाघेको छ । तर, उनले मृतकको यकिन अङ्क बताउन सकेनन् ।

विस्फोट भएको ठाउँमा खोजी जारी छ । भग्नावशेषबाट शव निकाल्न नरोकिएकाले वास्तविक मृतकको सङ्ख्या बताउन कठिन भएको उनले जनाए ।

Global Ime bank

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले आक्रमणमा परी ज्यान गुमाएकाहरूका परिवारजनप्रति शोक प्रकट गर्दै आफ्नो सरकारविरुद्ध लागेको अतिवादी समूह अल–शबाब लडाकूहरूलाई परास्त गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

“यस्ता घटनाहरूले हामीलाई आतङ्कवादीहरूलाई निर्मूल गर्ने अभियानबाट कहिल्यै रोक्न सक्दैनन्,” उनले एक विज्ञप्तिमा भनेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu