site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनको जवाफ खोजीरहेका ईः – ‘खुट्टाले सकुन्जेल’ उभिइरहने

काठमाडौं । खुट्टामा चप्पल, नीलो टिसर्ट र हाफपाइन्टमा काठमाडौं महानगरपालिका अगाडि उनी उभिएको १२३ घण्टा हुन लाग्यो । उनी अर्थान् अभियन्ता ईः । काठमाडौं महानगरपालिकाको सडकमा फुटपाथ व्यवसायीले पनि व्यापार गरेर खान पाउनुपर्ने उनको मुख्य माग हो ।

उनी शान्तिपूर्णरुपमा उभिनुअघि महानगरलाई एक अवधारणापत्र बुझाएका हुन् । काठमाडौं महानगरपालिकाले २०७९ पुस २६ गते एक सूचना जारी गरेर फुटपाथलगायतका सार्वज्निक स्थानमा कुनै पनि किसिमका व्यवसाय गर्न प्रतिबन्ध लगाइदियो ।

त्यसपछि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीमाथि धरपकड सुरु गर्‍यो ।  ईंः त्यसको विरोधमा छन् । अर्थात् उनले काठमाडौं महानगरपालिकाभित्र व्यवस्थित तरिकाले फुटपाथ व्यवसायीलाई पनि राखिनुपर्ने उनको माग छ ।

“कम्तिमा वार्ता होस् भन्ने चाहेका थियौं, तर हुन सकेन,” ईंः ले बाह्रखरीसँग कुरा गर्दै भने, “वार्ता पनि हुन सक्दैन भने हामीले समय थप गर्नुको विकल्प रहेन । आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने हो । अहिलेसम्म खुट्टाले थामिरहेको छ, ढलेको छैन । मैले यत्तिकै छोड्दा यो मुद्दा सेलाउँछ । त्यै भएर मैले यो निर्णय गर्न वाध्य भए ।”

सुरुमा ७७ घण्टाको दिएर उभिएका थिए । उक्त समयमा महानगरका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोलले कुनैपनि प्रतिक्रिया वा चासो नदिएपछि ईःले आफ्नो अभियान १२३ घण्टाको लागि लम्ब्याएका थिए । 

“त्यो समय पनि आज ४ बजे सकिदैँ छ । तर, महानगरले कुनै पनि ठोस रुपमा वार्ताको लागि अपिल प्रतिवद्धता, जवाफ दिएको छैन,” उनले भने, “त्यसैले मैले नैतिक जिम्मेवारी लिएर आन्दोलनलाई निरन्तरता दिइरहेको छु । म पार्टी, संस्था केही पनि होइन, सकेकोसम्म मैले गर्ने हो । अहिले सडक व्यापारी, धेरैजना आएर ऐक्यवद्धता जनाएर पनि साथ दिइरहनु भएको छ ।”

ईः सामाजिक अभियन्ता हुन् । 

चुनावअघि ‘सजिलै व्यवस्थापन गर्न सकिन्छ’ भनिएकै सामान्य कुरा बिर्सिएपछि त्यो बालेनलाई सम्झाउन सभागृह उभिएका हुन् । यतिबेला मेयर शाह र नगर प्रहरी काठमाडौं उपत्यकाबाट गरिबी होइन, गरिबलाई विस्थापित गर्न लागि परिरहेका छन् । 

उनै मेयरका नगर प्रहरीले सडक, ठेलागाडा, साइकलमा व्यवसाय गरिरहेका गरीबका सामान खोसिरहेको दृश्य भाइरल बनिरहेकै छ । सहर गरीबका निम्ति होइन, धनाढ्यहरुकै निम्ति हो भन्ने सन्देश दिँदैछन् ।

नगर प्रहरीका दमन, अमानवीय धरपकड, लुटपाटका दृश्य हेर्ने हो भने जो कोहीको मन कुडिन्छ, बालेन शाहको बाहेक । महानगरले तिनै निमुखा सडक व्यवसायीका सामान खोस्दै लिलाम गर्छ । ‘‘यो सरासर गैरकानुनी हो,’’ ईः भन्छन्, ‘‘गरिब हटाएर समस्याको समाधान हुँदैन ।’’

उनीहरुको जीवन निर्वाहको गास खोस्नु अन्याय हो । 

“सडकमा व्यापार गर्नेहरु हुँदा खाने वर्गहरु हुन् । सडकमा व्यवसाय गर्नेहरु आर्थिक हिसाबले कमजोर र फरक क्षमता भएका व्यक्तिहरु छन्” ईःले भने, “विकल्प विना हटाउँदा उहाँहरुको अवस्था कस्तो हुन्छ ? बालेन शाहले सोच्नु पदैन ? मेयर करुणादायी, सहानुभूतिशील र जवाफदेही नहुने हो भने नयाँ नेतृत्त्वमा फरक के भयो र ? युवा भएर मात्र भएन, बालेन र उनका प्रहरी जवाफदेही हुनुपर्‍यो ।”

महानगरपालिकाभित्र सडक व्यवसाय गर्नेलाई निश्चित समय, स्थान र शुल्क तोकेर व्यवसाय गर्न दिनुपर्ने उनको उनको माग छ ।   यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाले सामाजिक अभियन्ता ईःसँग शीघ्र संवाद गर्नुपर्ने बताएका छन् । 

महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महानगरले अभियन्ताहरुसँग संवाद गर्नुपर्ने बताएका हुन् ।  अभियन्ता ईः राष्ट्रिय सभागहृ बाहिर उभिएर काठमाडौं महानगरको ध्यानाकर्षण गरिरहेका छन् । 

उनी उभिएको आज ६ दिन भएको छ । थापाले काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको समेत बताएका छन्, “लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ । ईः लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन। सँगै बसेर कुरा गरेपछि,एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै ।” 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यस कारण मेरो आग्रह छ– निर्वाचित सरकारसँग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस् ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro