विदेश
काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति चार महिनायताकै न्यून विन्दुमा झरेको छ ।
सेप्टेम्बर १५ मा समाप्त भएको भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो ।
दक्षिण एसियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८ मा विदेशी मुद्रा चार अर्ब ९९ करोड डलरले घटेर ५९३.९० अर्ब डलर पुगेको थियो ।
विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिनाकै न्यून रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० ११:२७
प्रतिक्रिया दिनुहोस्