देश
बर्दिया । मधुवन नगरपालिका–३ खातामा आज ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ ।
मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० १९:४६
प्रतिक्रिया दिनुहोस्