site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राहत शिक्षकले गरे प्रर्दशन, माग पूरा नभएसम्म विद्यालय नफर्किने चेतावनी
SkywellSkywell

काठमाडौं । सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत दरबन्दीका शिक्षकहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । 

शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट सदनमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर, समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफूहरू आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरूले बताएका छन् ।

KFC Island Ad
NIC Asia

शिक्षकको तीनदिने आन्दोलन कस्तो रह्यो ? के–के कुरामा सहमति भयो ?

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाइ नगरेको उनीहरूको भनाइ छ । सरकारसँगको वार्ताका क्रममा आफ्ना माग अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको उनीहरू बताएका छन् ।

उनीहरुले वार्ताका क्रममा आफूहरुलाई गृहमन्त्रीले दुव्र्यवहार गरेको आरोपसमेत लगाएका छन् । त्यस्तै राहत शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म विद्यालय नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro